भारतको कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ संक्रमितको मृत्यु

भारतको महाराष्ट्र राज्यको पालघर जिल्लामा विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना संक्रमितको मृत्यु भएको छ ।

विद्युत सर्ट हुँदा आज बिहान साढे तीन बजेतिर आगलागी भएको बताइएको छ । आईसीयू वार्डमा १७ जना बिरामीको उपचार भइरहेको थियो । वसाई नगरपालिकाको दमकलले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । अस्पतालका बिरामीहरुलाई नजिकैको अन्य अस्पतालहरुमा पठाइएको छ ।

गत मंगलबार महाराष्ट्रकै नासिकको एउटा अस्पतालमा अक्सिजनको ट्यांकर लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार