भारतका चर्चित संगीतकार श्रवणको कोरोना सङ्क्रमणबाट मृत्यु

बलिउडका चर्चित संगीतकार श्रवण राठोरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ६६ वर्षीय श्रवणको बिहिबार राति मुम्बईस्थित रहेजा अस्पतालमा मृत्यु भएको हो ।

केही दिनअघि कोरोनाभाइरसबाट सङ्क्रमित भएका श्रवणको स्वास्थ्य अवस्थामा सुधार नभएपछि मुम्बईस्थित रहेजा अस्पतालमा भर्ना गरिएको थियो । भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले श्रवणको गए राति अस्पतालमा उपचारकै क्रममा निधन भएको उल्लेख गरेको छ ।

सन् १९९० को दशकमा ‘साजन’, ‘सडक’, ‘आशिकी’, ‘दिवाना’, ‘दिल है की मानता नहिं’, ‘राजा हिन्दूस्तानी’ लगायतका दर्जनौं फिल्ममा संगीतको लय भरेका नदीम श्रवणको जोडीलाई भारतीय संगीतलाई नयाँ उचाईमा पुर्याएको श्रेय जान्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार