युक्रेनका चर्चित खेलाडी पनि रुसविरुद्धको लडाईँमा सहभागी

युक्रेनका चर्चित खेलाडीहरू रुसविरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् ।

विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन् ।

बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए । “मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,” उनले भने ।

अर्का पुराना खेलाडी ५० बर्षिया वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार