आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने

नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ ।

राष्ट्र बैंकले प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको छ । विगतमा १ लाख रुपैयाँ पठाउन पाउने व्यवस्था भए पनि राष्ट्र बैंकले नयाँ निर्देशनमार्फत उक्त व्यवस्था गरेको हो । विदेशबाट आउने रेमिट्यान्समा भने उक्त व्यवस्था लागू नहुने बताइएको छ ।

यो व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार