आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

चितवन ,

आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार