विश्व वरियतामा सन्दीप र कुशलको छलाङ, पछि परे ऋषभ र केन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टि २० आई विश्व वरियतामा छलाङ मारेका छन् ।

दुई साताअघि आइसिसी टि२० विश्वकप छनोट ए मा उच्च प्रदर्शन गरेपछि खेलाडीले वरियतामा सुधार गरेका हुन् । नेपाल विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै टि२० विश्वकप गुमाएको थियो । टि२० आई वरियतामा भने नेपाल १३ औं र ओडिआईमा १६ औं स्थानमा छ ।

कुशल ब्याटिङतर्फ नयाँ वरियतामा ३१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ३९ औं स्थानमा थिए । कुशल भन्दापछि इंग्ल्यान्डका जोनी बेयरस्टो ३७ औं, पाकिस्तानका फखार जमान ३९ औं, न्युजिल्यान्डका केन विलियम्सन ४४ औं र भारतीय विकेटकिपर ऋषभ पन्त ६० औं स्थानमा छन् ।

दीपेन्द्रसिंह ऐरी भने ५० औं स्थानमा छन् । टि२० आईको बलिङतर्फ कप्तान सन्दीपले पनि छलाङ मारेका छन् । सन्दीप पनि ३६ औं स्थानमा छन् । सन्दीप यसअघि ४३ औं स्थानमा थिए । तीव्र गतिका बलर अभिनाश बोहरा ८२ औं स्थानमा छन् । यसअघि अभिनाश ८६ औं स्थानमा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार