प्रधानमन्त्रीलाई झलनाथको प्रश्न : के तपाई अमेरिकी शिविरको मान्छे हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका छन् ।

विराटनगरमा बुधबार आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा ‘अमेरिकी शिविरमा जान लागेको हो ?’ भन्ने प्रश्न समेत गरेका छन् । रुस–युक्रेन द्वन्द्वका क्रममा नेपाल युक्रेनको पक्षमा खुलेको प्रसंग कोट्याउँदै खनालले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।
खनालले अमेरिकाले आयोजना गरेको डेमोक्र्याटिक समिटमा प्रधानमन्त्री देउवा सहभागी भएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे । ‘यो डेमोक्र्याटिक समिट भनेको तथाकथित अमेरिकी एलिटहरुको हो,’ खनालले भने, ‘डेमोक्रेटिक समिटमा हाम्रो प्रधानमन्त्री किन सहभागी हुनुभएको हो ? उहाँ के अमेरिकी शिविरको मान्छे हो ? यो मेरो प्रश्न हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार