सेयर बजार राताम्मे, नेप्सेमा ६४ अंकको पहिरो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक २५ सय ४६ दशमलव ६ अंकमा झरेको छ ।

उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट काुरोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार