शिवरात्रिमा भाङ खाएका एक युवकको मृत्यु

काठमाडौं । शिवरात्रिमा भाङ खाएका एक युवाको ज्यान गएको छ । मंगलबार भाङ खाएर घर फर्किएपछि सल्यानको दार्मा गाउँपालिकाका १७ वर्षीय हिमाल विक्रम चन्दको ज्यान गएको हो ।

मंगलबार शिवरात्रिमा दिउँसो अरबारे भन्ने स्थानमा घुम्न गएका बेला भाङ खाएर घर फर्किएका थिए । त्यसपछि उनी बेहोस भएका थिए । दार्मा गाउँपालिका ३ फारुलाको दोभान पोलिक्लिनिक प्रालिमा उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार चन्दको मृत्यु भाङ खाएर हो अथवा अन्य कारणबाट भएको भन्नेबारे भने अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ । अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पुर्‍याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार