युक्रेनको खेरसन शहर कब्जा गरेको रुसको दाबी

काठमाडौं । रुसी सेनाले युक्रेनको दक्षिण शहर खेरसनमाथि कब्जा जमाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ । यदि रुसले उक्त सहर नियन्त्रण गरेका भए, कब्जामा आउने रुसको सबैभन्दा ठूलो शहर हुनेछ ।

यसअघि राती रुसी सैनिक शहरको गल्लीमा देखिएका थिए । शहरका मेयरले खेरसनको रेल स्टेशन र बन्दरगाहमा रुसी सैनिकले कब्जा गरेको बताएका थिए ।युक्रेन र रुसबीच युद्धको आज सातौँ दिन हो । रुसी हमलामा युक्रेनमा भारी विनाश भएको छ । युक्रेनका केही इलाका रुसको कब्जामा पनि छ तर राजधानी किएभमा हाल युक्रेनकै नियन्त्रण छ ।

यसैबीच दुबै देशका प्रमुखबीच सोमबार एक चरणको वार्ता पनि भएको थियो जुन निष्कर्षविहिन भएको थियो ।रुसले युक्रेनमाथि हमला रोक्नका लागि जुन शर्त राखे त्यो युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गरिदिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार