संसदमा एमालेको अवरोध कायमै, अर्को बैठक फागुन २२ मा बस्ने

काठमाडौं । संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गरेका थिए ।

बुधबार पनि बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए। प्रतिवेदन पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक फागुन २२ मा बस्ने जानकारीका साथ बैठक अन्त्य गरेका थिए ।

सम्बन्धित समाचार