प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड” र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । समसामयिक विषयमा सामान्य छलफल उनीहरुबिच भेटवार्ता भएको जनाइएको छ ।
प्रधानमन्त्रीले पहिले नेपाल र पछि दाहालले छुट्टाछुट्टै भेटेका हुन् । सत्ता गठबन्धन दलहरु अब स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् । निर्वाचनबारे छलफल भएको बताइएको छ ।
अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएपछि दाहाल र नेपालले प्रधानमन्त्री देउवासँग पहिलोपटक भेटवार्ता गरेका हुन् ।