अन्तर्राष्ट्रिय बजारमा आकासियो तेलको मूल्य

अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि पर्ने प्रभावप्रति बढ्दो चासोलाई सम्बोधन गर्न नयाँ कदमहरू चालिएका थिए।

मूल्यवृद्धि भएपछि तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेको छ।

यो मूल्य सात वर्षभन्दा बढी समययताकै उच्च हो।

आपत्कालीन भण्डारणबाट ६ करोड ब्यारल निकासा गर्ने विषयमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरू सहमत भएको खबर सार्वजनिक भएसँगै मूल्य वृद्धि भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार