बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

काठमाडौं । बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ।राप्ती सोनारी गाउँपालिका– ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

पछिल्लो केही महिनादेखि राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ र ६ मा बाघले पटक–पटक आक्रमण गरेको थियो ।गत भदौ अन्तिम साता यता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलका अनुसार बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली,सेना, बाँके निकुञ्जको संयुक्त सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो ।

सम्बन्धित समाचार