भाडामा बसेर काठमाडौंमा पढिरहेका विद्यार्थीलाई इन्डक्सन चुल्हो वितरण गर्ने तयारी

काठमाडौं । काठमाडौंमा भाडामा बसेर अध्ययन गरिरहेका उपत्यका बाहिरका विद्यार्थीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ । स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थीलाई चुल्हो वितरण गर्ने तयारी छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ ।

मजगैयाँका अनुसार खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन यस्तो कदम चालिएको हो । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार