सुनको मूल्य निरन्तर उकालो लाग्दै

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँ रहेको सुन बुधबार ९९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

पछिल्लो समय रुस र युक्रेनको द्वन्द्व चर्किँदै गएपछि सुनको मूल्य उकालो लाग्ने क्रममा निरन्तरता देखिएको हो । यसअघि २०७७ साउन १२ गते सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।चाँदीको मूल्य पनि बुधबार प्रतितोला ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३३५ रुपैयाँ रहेकोमा चाँदी १ हजार३७५ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार