रुस-युक्रेन द्धन्द : हजारौँ रुसी पर्यटक अलपत्र

काठमाडौं । रुसले युक्रेन माथि आक्रमण गरेपछि विश्वभर हजारौँ पर्यटकहरु अलपत्र परेका छन् । युरोपेली संघ , क्यानडालगायतले युक्रेनमा गरेको आक्रमणको विरोधमा रुसी एयरलाइन्सलाई प्रतिबन्ध लगाएसँगै आफ्ना देशका नागरिक अलपत्र परेको रुसको ट्राभल एजेन्सी संघले जनाएको छ । विश्वभरी २७ हजार भन्दा बढी रुसी पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ ।

ट्राभल एजेन्टहरूले यसको विकल्प फेला पार्ने प्रयास गरिरहेका छन् । केही संख्याका विमान सेवाहरुले युुरोपमा मात्रै नभई उत्तरी र मध्य अमेरिका जाने उडान समेत बन्द गरेका छन् ।
विभिन्न मुलुकहरुले मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसी विमानहरूका लागि हवाई मार्ग बन्द गरिरहेका छन् । अमेरिकाले पनि मस्कोका लागि आफ्नो हवाई मार्ग बन्द गरेको छ ।

यद्यपि उनले युक्रेनी भूमिमा रुसी सेनासँग अमेरिकाले नलड्ने बताएका छन् । तर पुटिनलाई पश्चिमतर्फ जानबाट रोक्न नेटो गठबन्धनले बल प्रयोग गर्ने उनले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार