एमसीसी परियोजना सञ्चालनका लागि कर्मचारी माग (विज्ञापनसहित)

Image

नेपाल सरकारले अमेरिकासँग सम्झौता गरेकाे ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना सञ्चालनका लागि कर्मचारी माग गरिएको छ ।

प्रतिनिधसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएलगत्तै मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले विभिन्न १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो। प्रोजेक्ट म्यानेजर, इञ्जिनियरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन खुलाइएको छ । इच्छुक र योग्य व्यक्तिले आउने चैत १ गतेभित्र ​एमसीएनेपालको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन्।