साहित्यकार बीके पाल्पालीको निधन

काठमाडौं । साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल)को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको हो ।

पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आएका थिए । उपन्यास, कथा, कविता, हाइकु, समालोचना क्षेत्रमा कलम चलाउँदै अएका पाल्पालीका विभिन्न विधाका नौवटा कृति प्रकाशित छन् । पाल्पाली ‘नेपाल बोर्डर’ मासिक पत्रिकाका सम्पादक एवं प्रकाशक समेत हुन् । विसं २०३२ असोजमा पाल्पामा जन्मिएका पाल्पालीका जीवनसाथी साहित्यकार रेणुका भट्टराई, एक छोरा एक छोरी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार