रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरलाई नियन्त्रणमा लिन विमानबाट ओर्ले

देशको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ।

युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउघण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको थियो।

एउटा क्षेत्रीय अस्पतालमाथि रुसी सैनिकहरूले धावा बोलेको र लडाइँ अहिले जारी रहेको युक्रेनी सेनाले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ।

युक्रेनमा पछिल्ला दिनहरूमा भएका अधिकांश हिंसाको केन्द्रमा खार्किभ रहिआएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार