कर्णालीमा पौडी खेल्न गएका युवक बेपत्ता

कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार