एमसीसीबारे एमाले र नेकपा एसले धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको भनिएको छ ।

त्यस्तै नेकपा एसले पनि आजै पत्रकार सम्मेलन गरी एमसीसीको पक्षमा उभिनुको कारणबारे प्रष्टीकरण दिँदैछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार आफ्नो प्रष्टीकरण दिइसकेका छन् ।

एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार