एमाले सांसद मोहन बानियाँ पक्राउ

नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।

जुम्लाका एक महिलाले बाँकेस्थित होटल अप्सरामा सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेकरी दिएकी थिइन् । डीएसपी न्यौपानेका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । ‘नेपालगञ्ज विमानस्थलबाट माननीयज्युलाई पक्राउ गरेका हौं। हामीले थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार