एमाले सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ

सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् ।

जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३७२ मा दर्ता भएको छ ।

महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । माघ १९ गते बिहान ५ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटेलको कोठा नम्बर २१५ मा बलात्कार गरेको जनाइएको छ।

सांसद बानियाँले ०७६ मंसिरमा सामूहिक रूपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएको महिलाको दाबी छ ।

ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार