छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो ।

त्यस्तै, मन्त्रिपरिषद्‍ बैठकले राजनीतिक दलहरु, सभामुख र सांसदहरुलाई धन्यवाद व्यक्त गरेको छ। ‘एमसीसीलाई मिति २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायत अन्य राजनीतिक दलहरु, प्रतिनिधिसभा सम्मानीय सभामुख र माननीय सदस्यहरु सबैलाई नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ,’ मन्त्रिपरिषद्‍को निर्णयमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार