‘एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासम्बन्धी आइडिया कसरी आयो ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासम्बन्धी ‘आइडिया’ आफूले नै निकालेको बताएका छन् ।उनले यसमा केही व्यक्तिले आफूलाई ठुलो आँट र हौसला प्रदान गरेको समेत बताए ।

सोमबार खुमलटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले गत वर्ष नै आफूले एमसीसीबारे संसदमा संकल्प प्रस्ताव ल्याएर होस् वा अन्य कुनै प्रस्तावमार्फत केही विवादास्पद विषय सुल्झाएर पारित गर्न सकिन्छ कि भनेर प्रस्ताव गरेको स्मरण गराए । तर त्यतिबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेस आफ्नो प्रस्तावमा सहमत भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेको प्रचण्डले बताए ।

अहिले एमसीसीका कारण सत्तारुढ गठबन्धन नै विभाजन हुने हो कि भन्ने अवस्था आएको, त्यतिमात्र नभएर शान्ति प्रकृयाका बाँकी काम तथा यो व्यवस्था नै उल्टिने हो कि भन्ने खतरा आएको सम्बन्धमा आफूले विभिन्न विज्ञसमेतको सुझावका आधारमा संसदमा एमसीसीबारे व्याख्यात्मक प्रस्तावमार्फत सहमति जुटाउन भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार