एमसीसी अनुमोदनमा एमालेको पनि स्वीकृति थियो : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍बाट अनुमोदन गर्नु स्वभाविक भएको बताएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौता अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल एमालेको पनि स्विकृति रहेको दाबी गरेका छन् । एमाले राजनीतिक कारणले मात्रै सहभागी नभएको उल्लेख गर्दै उनले भने, ‘सम्झौता अनुमोदनमा विपक्षी दलको पनि स्वीकृति थियो । उहाँहरू राजनीतिक कारणले मात्रै सहभागी हुनुभएन।’
अफवाह भ्रम र दुविधा चिर्दै संसद्ले एमसीसी सहयोग अन्तर्गत आर्थिक सहायता अनुमोदन गरेको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व निर्णय र धीरताले सम्झौता अनुमोदन गर्ने आधार तय भएको उनले बताए ।
एमसीसी कम्प्याक्टसँगै यसबारेको व्याख्यात्मक घोषणा केवल कागजको खोस्टो मात्रै नभएको पनि उनको भनाइ छ ।

व्याख्यात्मक घोषणा अमेरिकाको सल्लाहमा नबनाएको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूले भनेर गरेको होइन । तर हामीले बुझेका कुरा राख्दा उहाँहरूको बुझाइ पनि त्यही रहेछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार