शेयर बजार राताम्मे : कारोबार साढे ३ अर्बमा सीमित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३.१० अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बीमा, जलविद्युत्, व्यापार, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका ७८ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज तेह्रथुम पावर कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार