राष्ट्रपतिद्वारा दुई जना व्यक्तिलाई विज्ञ पदमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गरेकी छन् । भण्डारीले काठमाडौं महानगरपालिका–१५ निवासी डा महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौं महानगरपालिका–४ निवासी डा कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार