महाशिवरात्रिमा पशुपति क्षेत्रमा सवारी रोक

काठमाडौं । महाशिवरात्रीको अवसरमा भोलि पशुपति क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति क्षेत्र आसपासलाई लक्षित गरि सवारी व्यवस्थापन गरेको जनाएको छ।

महाशाखाका अनुसार सिफल चौर, गुह्येश्वरी चौस, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल र अमालकोट, तिलगंगा कोरिडोरमा पार्किङको व्यवस्थापन गरिएको छ।

महाशाखाका अनुसार सिनामंगल, परानो बानेश्वर, रातोपुल, कालोपुल, चावहिलबाट अगाडी सावरी प्रवेशमा रोक लगाइएको छ।

सम्बन्धित समाचार