भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको सानो ठिमी प्रहरी प्रभाग अगाडि मोटरसाइकल र टिपर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पेप्सीकोलाबाट सानो ठिमीतर्फ जाँदै गरेको रा२प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा३ख ४४६५ नंको टिपर ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार