ओलीसँग भेटेपछि नेपालको प्रतिक्रिया : हिजो थोरै आशावादी थिएँ, आज त्यो पनि बाँकी रहेन

Sunrise Bank Middle Size

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग दोस्रो दिन वार्ता गरेका एमाले नेता माधवकुमार नेपालले वार्तामा कुनै प्रगति नभएको बताएका छन् । भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन, हिजोको छलफलमा थोरै आशावादी थिएँ, आज त्यो पनि बाँकी रहेन ।’

डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच मेरियट होटलमा दुई घण्टा कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

हिजोको भेटमा एमाले वरिष्ठ नेता माधव नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए भने ओलीले भने गुटगत निर्णय नमान्ने बताएका थिए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...