बिहीबार थपिए २ हजार ४२८ जना कोरोना संक्रमित, पाँच जनाको मृत्‍यु

सक्रिय संक्रमितको संख्या १२ हजार ६९० पुग्यो

नेपालमा बिहीबार थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार १ पीसीआर परीक्षणमा २ हजार ३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हालसम्म दुई लाख ७६ हजार ३४५ संक्रमित निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने हालसम्म ३ हजार ११७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेको छन् । हाल नेपालका सक्रिय संक्रमितको संख्या १२ हजार ६९० रहेको छ भने ८१ जना क्वारेन्टिनमा रहेका छन् । आजसम्म नेपालमा २३ लाख ७९ हजार ४०२ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार