शुक्रबारदेखि पशुपतिनाथको दर्शनमा रोक

पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ ।

कोषका कोषाध्यक्ष मिलन कुमार थापाले बिहीबार एक सूचना जारी गरि सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार बैशाख १० गते अर्थात भोलिदेखि अर्को व्यवस्था नभएसम्म पशुपतिनाथ मन्दिर, गुह्यश्वरी मन्दिर लगायतका मन्दिरहरुमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप हुने छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार