माधव नेपालसहित १५ नेताले भने- हामीलाई एमालेमा बस्न नदिन दाउपेच भयो (पूर्णपाठ)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालसहित १५ जनाले संयुक्त अपिल जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पार्टी रहन नदिने अनेक दाउपेच गरेको आरोप लगाएका छन् ।

७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा बिहीबार सामूहिक अपिल जारी गर्दै उनीहरुले आफूहरुलाई एमालेमा रहन नदिन अनेक दाउपेचहरू गरिएको बताएका हुन् । झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहरा र प्रमेश हमालले आज संयुक्त अपिल जारी गरेका हुन् ।

उनीहरूले गत फागुन २८ गते अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले गरेका निर्णय फिर्ता लिन माग गरेका छन् । ‘२८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटी बैठक मान्ने कुराले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेचहरू भइरहेको देखाउँछ,’ उनीहरूले भनेका छन् । अपिलमा उनीहरूले ओलीका कारण पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको पनि आरोप लगाएका छन् । उनीहरूले ओलीका कारण एमालेमात्र नभएर कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशामा गएको बताएका छन् ।

यस्तो छ अपिलको पूर्णपाठ :

 

Loading...