युक्रेनमा रहेका नेपालीको उद्धार गर्न समिति गठन

Image

काठमाडौं । युक्रेनमा रहेका नेपालीको उद्धार गर्न समिति गठन गरिएको छ । गैरआवासीय नेपाली संघले रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति गठन गरेको छ । संघले दूतावासको सहयोगमा उद्धार गर्न लागेको हो ।

समितिले युक्रेनबाट सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गरी नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटका लागि समन्वयन गर्नेछ । सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन हुने भएको छ ।

उद्धारको लागि स्थानियरुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरिएको छ ।
युक्रेनको द्वन्द्व प्रभावित नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र स्लोभागिकयाको सीमामार्फत उद्धार थालिएको छ । युक्रेनमा रहेका करिब ४०० जना नेपाली संघको सम्पर्कमा आएको बताइएको छ ।