संसद बैठक रोक्ने माधव नेपालको प्रस्ताव, प्रधानमन्त्रीद्वारा अस्वीकार

काठमाडौं । बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पनि संसद बैठक रोक्न प्रस्ताव गरेका छन् । उनको उक्त प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरे पछि उनी बाहिरीएको बताइएको छ ।

नेपाल बाहिरिए लगत्तै सत्ता गठबन्धनको बैठक पनि केहीबेरमै टुंगिएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय माओवादीको मात्र भएको भन्दै नेपालले पार्टीमा छलफल गर्न बाँकी रहेका बताएका छन् ।

प्रधानमन्त्रीको हाउभाउ हेर्दा एमालेसँग भित्रभित्रै सहमति भइसकेको र गठबन्धनप्रति रुची नदेखिएको पाइएको ब्रिफिङ नेपालले आफू निकट नेताहरुसँग गरेका छन् ।

सम्बन्धित समाचार