सत्ता गठबन्धनको बैठक सकियो, माधव नेपालको आग्रह अस्वीकार

सत्ता गठबन्धनको बैठक सकिएको छ ।  अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा छलफल गर्न आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक सकिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकाप एस (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता कृष्ण सिटौला लगायतका नेता सहभागी थिए ।

बैठकमा नेपालले आफ्नो पार्टीमा निर्णय नभइसकेको भन्दै आजको संसद बैठक पनि रोक्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री शेरवहादुर देउवाले नेपालको आग्रह अश्वीकार गरेका छन् ।

नेपाल स्थायी कमिटी बैठकका लागि बाहिरिएका थिए । बैठकले के-के निर्णय गर्यो भन्ने जानकारी आउन बाँकी छ ।

सम्बन्धित समाचार