व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णयको विपक्षीमा चार माओवादी नेता

काठमाडौं । व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नेकपा माओवादी तयार भएको छ । आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयप्रति नेकपा (माओवादी) केन्द्रका चार नेताले असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो ।

सम्बन्धित समाचार