उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी याेनहापका अनुसार उत्तर काेरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेकाे हाे ।  जापानको क्योडो न्युजले पनि  उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ ।

क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ । यो ब्यालिस्टिक मिसाइल हुन सक्छ । यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो ।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएकाे छ ।

जनवरीमा उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार