रियलको साघुँरो जित

रियल म्याड्रिडले स्पेनिस ला लिगामा साघुँरो जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली रायो भालेकानोमाथि रियलले १–०को जित निकालेको हो ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले ८३औं मिनेटमा भिनिसयस जुनियरको पासमा गोल गरेका थिए । खेलको सुरुमा नै दुवै टोलीले गोलको केही अवसर पाएपनि सदुपयोग हुन नसक्दा अन्त््यसम्म संघर्ष गुर्नपरेको थियो ।

जितसँगै रियल २६ खेलबाट ६० अंक जोडेर शीर्षस्थानमा यथावत् छ । पराजित रायो भालेकानो २५ खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार