आज पनि वार्ताको लागि मेरियट पुगे ओली र नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । यसअघि बुधबार साँझ पनि दुई नेताबीच मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने बुझिएको छ । बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको थियो ।

हिजोको भेटमा एमाले वरिष्ठ नेता माधव नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए भने ओलीले भने गुटगत निर्णय नमान्ने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार