युक्रेनमा रुसी ट्याङ्कले गुडिरहेको कारलाई किचेर हिँड्यो

युक्रेनको राजधानी किएभको सडकमा रुसी ट्याङ्कले कारलाई किचेर हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

स्थानीयवासीहरूले खिचेको भिडिओमा बाटोमा गुडिरहेको कारमाथि रुसी सेनाको ट्याङ्क केही मोडिएर किचेको हो ।  तर, उक्त कार चलाउने एक वृद्ध व्यक्ति भाग्यवश बाँचेका छन्।

रुसी सेना किएभ आइपुगेपछि धेरै किएभवासीहरू बाहिर गएका छन् वा भूमिगत बम शेल्टरमा आश्रय लिन गएका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार