माधवसँगको छलफलपछि प्रचण्डले भने- गठबन्धन टुट्दैन, सहमतिको बाटो खोज्दैछौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् । कांग्रेसले सत्ता गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने भएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी अनुमोदनमा सघाउन तयार भएका छन् । यसका लागि अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको प्रचण्डले बताएका छन् । ।

शनिबार सिंहदरबारमा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच यसै विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया दिएका हुन् । ‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ’, उनले भने ।

उनले अगाडि भने- ‘ओली प्रतिगमनविरुद्ध गठबन्धन गरेर सरकारमा भएकाहरू एमसीसीको पक्ष वा विपक्ष भएर पालैपालो उनै ओलीको शरण पर्नजानुले राजनीतिक नैतिकताको कसीमा रसातलमा पुगिसकेको एमालेको राजनीतिक भूमिकालाई नै उचो बनाइदिएको छ। कांग्रेस र माओवादीले यस्तो उचाइ केपी ओलीलाई नदिनु पर्थ्यो ।’

सम्बन्धित समाचार