नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासिफिकको अंग बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले ओली सरकारका तत्कालीन मन्त्री प्रदीप ज्ञवालीले नै नेपाललाई इन्डो प्यासिफिकको अंग बनाउने कागजमा सही गरेको आरोप लगाएका हुन् ।
उनले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहो¥याएका छन् । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा भएको भन्दै उनले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने धारणा ब्यक्त गरेका छन् ।
त्यस्तै अध्यक्ष नेपाले छिमेकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने जिकिर गरे । उनले एमसीसीका बाहानमा एमालेले षडयन्त्र गर्न खोजेको टिप्पणी गरेका छन् ।
त्यस्तै अध्यक्ष नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरूलाई अपदस्थ गर्न खोजेको समेत उल्लेख गरेका छन् ।