आज पनि मेरियट होटलमा भेट्दै ओली–नेपाल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । नक्सालस्थित मेरियट होटलमा दिउँसो दुई बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता हुन लागेको नेता रघुजी पन्तले जानकारी दिए ।

ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । हिजोको भेटमा एमाले वरिष्ठ नेता माधव नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए भने ओलीले भने गुटगत निर्णय नमान्ने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार