पल शाह फरार भएपछि उनी निकटलाई धमाधम सोधपुछका लागि बोलाउँदै प्रहरी

बलात्कारको आरोप लागेका अभिनेता पल शाह अहिले फरार छन् । शाह फरार भएपछि उनी निकटलाई धमाधम प्रहरीले सोधपुछका लागि बोलाएको छ । यसैक्रममा शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछुका निर्माता सुदर्शन थापा, अभिनेत्री पुजा शर्मा लगायतलाई प्रहरीले सोधपुछका लागि बोलाएको हो । शाहविरुद्ध एक नाबालक गायिकाले तनहुँ प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।

बुधबार तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई जतिसक्दो चाँडो पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर जारी गरेको हो। शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन्।

अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखितरमौखिक दुबै अनुरोध पठाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार