प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटअघि बालकोटमा एमाले-कांग्रेसका शीर्ष नेताको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच शनिबार अपराह्न ५ बजे भेट हुने भएको छ । दिउँसो ३ बजे नै देउवा र ओलीबीच भेट हुने भनिएको थियो । तर, कांग्रेस नेताहरू आन्तरिक छलफलमा बसेकाले बैठक ५ बजेलाई सारिएको हो ।

अमेरिकी अनुदान परियोजना (एमसिसी) पारित गर्न सहमति खोज्न प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेट हुन लागेको हो । ओली–देउवा भेटअघि कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ। बैठकका लागि एमाले नेताहरू बालकोट पुगिसकेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । एमसिसी पारित गर्नका लागि सत्तारूढ गठबन्धनमा सहमति हुन नसकिरहेका बेला कांग्रेस र एमालेबीच छलफल चलिरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार