युक्रेनबाट नेपालीहरुलाई उद्धार गर्न अखिल क्रान्तिकारीको माग

नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अविलम्ब उद्धार गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौति बढ्दै गएको भन्दै नेपालीहरुलाई तत्काल उद्धार गर्न माग गरेकी हुन् ।

विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्व, प्राकृतिक विपत्ति महामारी आदि कारणले सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउ-धनको रक्षा गर्ने कर्तव्य राज्यको हुने भन्दै अविलम्ब उद्धार कार्य माग गरेका हुन् ।

संकटमा परेका नागरिकका लागि राज्यले सुरक्षित रहनुस् भन्दै सूचना निकाल्नु पर्याप्त नहुने भन्दै विज्ञप्तिमा लेखिएको छ– कूटनीतिक पहल र आर्थिक लगायत प्रबन्ध गरी अप्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार