दाँत पहेँलो भएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

दाँत पहेँलो भएर हैरान हुनुहुन्छ ? अब चिन्ता नर्गुस् घरेलु उपायबाट पनि दाँतलाई सफा चम्किलो बनाउन सकिन्छ । यी हुन् दाँतलाई सफा र चम्किलो बनाउने घरेलु उपायहरु :

तुलसी- तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको हुन्छ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ । साथै यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ ।

सुन्तलाको बोक्रा – सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउने र दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्ने । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्यालसियमका कारण दात चम्किलो हुन्छ ।

निम – निम प्राकृतिक एंटी९बयाक्टीरियल और एंटी९सेप्टिक हो । जसमा  दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ ।

कागती– एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ ।

नुन र तेल – नुन मा २९४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

गाजर खाने- खाना खाइ सकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार